शनिबार , भाद्र १३, २०८३

प्योङयोङ । उत्तर कोरियाले हालै प्रशारण गरेको एउटा भिडियोमा देशका प्रमुख, किम जोङ उन अत्यन्तै उदास र भावुक अवस्थामा देखिएका छन् । उनले त्यसमा केही बोलेका छैनन् ।

तर नागरिकहरुलाई चाहिँ गम्भीर चेतावनी दिइएको छ । किमका बुवा, किम जोङ इलको मृत्युको दशौँ वर्षको राष्ट्रिय शोक कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई पनि खुसीको कुनै संकेत नदेखाउन भनिएको हो ।

११ दिन लामो शोक कार्यक्रममा कुनै पनि नागरिकले हास्ने, किनमेल गर्ने, मदिरा पिउने या जोडसँग रुन समेत नपाउने भनिएको छ । यसको उल्लंघन गरेमा उनीहरुमाथि गम्भीर कारबाही हुने भनिएको छ । ११ दिन सम्म उत्तर कोरियालीहरुलाई उपभोग्य वस्तुहरु समेत खरिद गर्न निषेध गरिएको छ ।

यति मात्र नभइ यो शोक अवधि भर कसैको परिवारमा मृत्यु भएमा, त्यसका कारण समेत ठूलो स्वरमा रुन पाइँदैन र शवलाई पनि ११ दिनपछि मात्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ । यसबीच कसैको जन्मदिन परेमा त्यसलाई मनाउन पनि प्रतिबन्धित गरिएको छ ।

Global bank
विगतमा केही मानिसहरु यो समयमा मदिरापान गर्दैगरेको फेला परेपछि तिनलाई गिरफ्तार गरिएको थियो र वास्तविक अपराधी जस्तै व्यवहार गरिएको एक श्रोतले जनाएका छन् । उनका अनुसार तिनीहरुलाई सेनाले उठाएर लगेका थिए जसपछि कहिल्यै देखा परेनन् ।

भिडियोमा किम आफू पनि अत्यन्तै दुःखी र आँसु खसाल्न लागेको अवस्थामा देखा परेका हुन् । उनका पिता जोङ इलको २०११ मा ह्दयघातबाट मृत्यु भएको थियो । गार्जियन

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP