सोमबार , बैसाख ८, २०८२

नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीको योजनामा भएको पुष्टि गर्ने एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

उक्त टेप रेकर्डिङमार्फत आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो । भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।

रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ ।

उक्त टेपमा पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानी रहेको समेटिएको भारतीय गुप्तचरले प्राप्त गरेको हो ।

जिहादीहरूले नोभेम्बर २००८ मा ६० घण्टाभन्दा बढी समय सहरमा बन्दुक र विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

उक्त विस्फोटमा १६६ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए । भारतको एक स्रोतले वायरट्यापहरूले कसरी आतंकवादीहरूले विभिन्‍न समुदायहरूमा आक्रमण गर्ने र विश्वको मिडियाबाट अधिकतम् ध्यान आकर्षित गर्ने योजनाको रूपमा एक यहूदी लक्ष्य र अन्य स्थानहरू छनोट गरे भन्ने विवरण खुलासा गरेको छ ।

स्रोत- दजेसी डट कम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP