आइतबार , बैसाख ७, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।

सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । हामी सबैलै बारम्बार एउटै कुरा भन्दै आएका छौँ, एकदिवसिय विश्वकप खेल्नुपर्छ र टेस्ट राष्ट्र बन्नुपर्छ । तर, यो लक्ष्य चुनौतीपूर्ण छ । जबसम्म म कप्तानको रुपमा यहाँ छु । हामीले टेस्ट राष्ट्र बन्नका लागि आफ्नो तर्फबाट सम्भव भएसम्मको प्रयास गर्नेछौँ।’

सन्दीपले केवल टोलीका २१ जना खेलाडी र पदाधिकारीको मात्र नभएर तीन करोड नेपालीको नेतृत्व गर्न पाउनु आफ्ना लागि खुशीको क्षण भएको पनि बताए । ‘नेपाली क्रिकेटमा उतारचढाव भए पनि हामी उज्ज्वल भविष्यको खोजीमा छौँ । हामी मैदान बाहिरका असहमतिलाई हटाएर मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा छनोट हुनेछौँ । सोही अनुसार अगाडि बढ्नेछौँ,’ सन्दीपले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP