सोमबार , अषोज २६, २०८३

फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मितिसहित टिजर सार्वजनिक गरिएको छ । दुई हप्ताअघि मुस्ताङमा छायांकन सकिएको फिल्मको सोमवार टिजर सार्वजनिक गरिएको हो । फिल्मको मिति आगामी बैशाख २३ गतेलाई तोकिएको छ ।

प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी)को जीवनमा मिरुना मगर (मिस शान्ति) को आगमनपछि आउने उतारचढावलाई टिजरमा देखाइएको छ ।

टिजरको सुरुवातमा दयाहाङले बुद्धि तामाङ र विजय बरालसँग ‘आजदेखि मेरो बिहेको कुरा सकियो केटा हो, अब म आफ्नो बाटो लाग्छु तिमारु पनि आफ्नो बाटो लाग’ भन्दै खोलामा मोबाइल फ्याकिदिन्छन् । उता, शहरबाट शिक्षिकाको रुपमा मिरुनाको आगमन हुन्छ भने घोडा चढेर सौगात मल्ल (बमकाजी) को पनि इन्ट्री भएको छ । टिजरमा समावेश केही संवाद रमाइला छन् ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मलाई ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको छ । यसैले फिल्मको उप–शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।

बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्ममा गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ ।

शैलेन्द्र डि. कार्कीको छायाँकन फिल्ममा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP