सोमबार , चैत्र २४, २०८१

यस्तो कुनै बलिउड फिल्म भेट्न गाह्रो पर्छ जुन कपिल शर्माको कार्यक्रममा नगएको होस् । यसैगरी सलमानले चलाउने ‘बिग बोस’मा पनि निर्माताहरू कलाकार लिएर प्रचार गर्न पुगेकै हुन्छन् । तर के यहाँ फिल्मकर्मीले निशुल्क आफ्नो फिल्मको प्रचार गर्न पाउँछन् ? पाउँदैनन् ।

बलिउडका सञ्चारमाध्यमले लेखेअनुसार यस्ता कार्यक्रममा फिल्मको प्रचार गर्न निर्माताले टेलिभिजन कार्यक्रमलाई मोटो रकम बुझाउनु पर्छ । समाचारमा उल्लेख भएअनुसार बलिउड फिल्मले ‘कपिल शर्मा सो’मा प्रचारका लागि २५ देखि ३० लाखसम्म तिर्छन् भने ‘बिग बोस’मा यसरी नै फिल्मको प्रचार गर्न निर्माताले ५० लाख भारतीय रुपैँयासम्म बुझाउने गर्छन् ।

तर संयोग के भने यी दुवै कार्यक्रममा सलमान खान जोडिएका छन् । सलमान ‘कपिल शर्मा सो’का निर्माता हुन् भने ‘बिग बोस’ सलमानले नै होस्ट गर्छन् । ‘बिग बोस’मा फिल्मको प्रचार गरेवापतको हिस्सा उनले पाउँछन् पाउँदैनन्, थाहा छैन तर ‘कपिल शर्मा सो’को निर्माता पनि सलमान भएकाले यसबाट भने उनले राम्रै हिस्सा पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP