मंगलबार , अषोज २७, २०८३

नेपालमा आधा जनसङ्ख्याले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यद्यपि पछिल्लो समय दुवै मात्रा खोप लगाएका पहुँचवाला अर्थात् टाठाबाठाले बुस्टर जोड धमाधम लगाएको पाइएको छ । पछिल्लो समय बुस्टर डोजको बारे चर्चा भइरहँदा पहुँच हुनेहरूले धमाधम खोप बुस्टर डोज लगाइरहेका छन् । तर, कोरोनाविरुद्धको खोप अभियान चलिरहँदा सरकारले बुस्टर जोड दिने निर्णय भने गरिसकेको छैन ।

सरकारी अस्पतालका एक अधिकारीले भने अस्पतालका अधिकांश स्वास्थ्यकर्मीले बुस्टर मात्रा लगाएका छन् । ती अधिकारीले भने, ‘गत्त माघमा सबै फ्रन्टलाइनरलाई खोप दिँदा मैले पनि लगाएको हो । पछिल्लो समय जाँच गर्दा एन्टीबडी शरीरमा कम भएको पाए । अस्पतालमा कोभिडका बिरामीको उपचार संलग्न हुनुपर्छ त्यसैले थप मात्रा लगाए ।’

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक उच्च अधिकारीले पनि ठुला अस्पतालका स्वास्थ्यकर्मीले समेत विभिन्न बहाना बनाएर बुस्टर डोज लगाएको पाइएको बताए । ‘कसैले दोस्रो मात्रा खोप नलगाएको भन्दै बुस्टर डोज लगाएका छन् । ‘पहुँचवालाले मात्रै बुस्टर डोज नलगाएर दुवै मात्रा कोरोनाविरुद्धको खोप लगाएका सर्वसाधारणले समेत खोप केन्द्रका अधिकारीलाई छल्दै पुनः अर्को मात्रा लगाएको भन्दै यस विषयमा गम्भीर हुनुपर्छ ।’

अध्ययनहरूले बुस्टर डोजको आवश्यकता रहेको बताए पनि स्वास्थ्य मन्त्रालयको अनुमति बिना बुस्टर डोज लगाइनु र लगाउने कार्यलाई सरकारले रोक्नु पर्ने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP