मंगलबार , अषोज २७, २०८३

असन्तुष्टि पोखेकै भरमा नेपाल क्रिकेट संघ (क्यान) कारबाहीमा परेका क्रिकेटरले क्यानले एक्कासि कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारले आफूहरूलाई दुखी बनाएको बताएका छन्।

शुक्रबार नक्सालको होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी उनीहरूले सो कुरा बताएका हुन्।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार जनालाई कारबाही गरेको थियो। कारबाही पर्नेमा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी छन्।

यति बेला आफूहरू टि-२० ग्लोबल क्वालिफायर र डब्लुडब्लुजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारीमा व्यस्त हुनुपर्ने ठाउँमा आफैं स्पष्टीकरण दिइहिँड्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले दुख व्यक्त गरेका छन्।

पत्रकार सम्मेलनमा उनीहरूले भनेका छन्, ‘नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो। क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो। तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यसबारे सञ्चार माध्यममा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं।’

आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले प्रश्न गरेका छन्।

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका वर्षे खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?,’ उनीहरूले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP