आइतबार , बैसाख ७, २०८२

इङ्गल्याण्डमा कोरोना संक्रमण फेरि भयावह बन्दै गएको छ । दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ । बिहीबार मात्रै इङ्गल्याण्डमा ८८ हजार ३७६ नयाँ संक्रमित भेटिएका छन् ।

यो त्यहाँ कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

इङ्गल्याण्डमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

बुधबार मात्रै ७ लाख ४५ हजार १८३ जनालाई बुस्टर डोज लगाइएको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको इङ्गल्याण्डमा कोभिडबाट अहिलेसम्म एक करोड ११ लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४६ हजार ९३७ जनाको ज्यान गइसकेको छ ।

हाल १२ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP