मंगलबार , अषोज २७, २०८३

इङ्गल्याण्डमा कोरोना संक्रमण फेरि भयावह बन्दै गएको छ । दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ । बिहीबार मात्रै इङ्गल्याण्डमा ८८ हजार ३७६ नयाँ संक्रमित भेटिएका छन् ।

यो त्यहाँ कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

इङ्गल्याण्डमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

बुधबार मात्रै ७ लाख ४५ हजार १८३ जनालाई बुस्टर डोज लगाइएको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको इङ्गल्याण्डमा कोभिडबाट अहिलेसम्म एक करोड ११ लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४६ हजार ९३७ जनाको ज्यान गइसकेको छ ।

हाल १२ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP