सोमबार , जेठ २७, २०८२

जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको हो ।

अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ । यसमा एक एन्टीबडी हुन्छ । जुन भाइरससँगै बन्द हु्न्छ । यदि मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश (यूभी) चम्किन्छ । यो मास्क स्मार्टफोनको एलईडी मा चम्किन्छ ।

मास्क तयार पार्नमा अस्ट्रिचको भूमिका

युनिभर्सिटीको रिपोर्टमा भनिएको छ कि वैज्ञानिकले सबैभन्दाम पहिले कोरोना भाइरस पोथी अस्ट्रिचमा प्रवेश गराएका थिए । पछि अस्ट्रिचको अण्डाबाट एन्टिबडी निकालेर फ्लोरिसेन्ट स्प्रे तयार पारिएको थियो । अस्ट्रिचबाट निक्लने एन्टीबडी कयौ किसिमका भाइरस र ब्याक्टेरियोको बिरुद्धमा काम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

३२ बिरामीमा अनुसन्धान

अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोटोले मास्को परीक्षण केवल १० दिनमा गरेको बताएका छन् । परीक्षणमा समावेश ३२ कोरोनाका बिरामीको मास्क यूभी प्रकाशमा चम्किएको थियो । अचम्मको कुरो के छ भने जसरी बिरामीमा सुधार आयो त्यसरी नै मास्क चम्किन छोडेको थियो ।

अबको परीक्षण १५० मानिसमा गरिने लक्ष्य रहेका सुकामोटोले बताएका छन् । यदि परीक्षण सफल भएमा सरकारी अनुमति लिइने योजना रहेको उनले बताए । अनुमति पाए लगत्तै यो मास्क २०२२ मा बजारमा आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP