मंगलबार , अषोज २७, २०८३

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेकाे हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहाँले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।

ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहाँले ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसले कमजोर स्वास्थ्य प्रणालीका लागि चाप बन्न सक्ने बताउनुभयो ।

ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यससँगै कैयौँ देशले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP