आइतबार , बैसाख ७, २०८२

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने तयार नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सिलवाललाई गएकाे कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP