शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलिया डे मनाउन जनावरी २६ मंगलबार परिवार र साथीहरुसँग पौडी खेल्न गएका एक नेपाली पुरुषको पानीमा डुबेर मृत्यु भएको छ ।

क्विन्सल्याण्डको राज्यको मलेनी नजिक रहेको गार्डनर्स झरनामा पौडी खेल्ने क्रममा ४० बर्षिय नेपाली पुरुषको ज्यान गएको हो ।

स्थानिय सनसाईनकोस्ट डेलीले जनाए अनुसार मंगलबार अपरान्ह ४ः४५ बजेतिर पानीमा हाम फालेका ती पुरुष पौडेर तैरीन खोजे पनि पछि पानीमा डुबे कहिलै फर्केनन् ।

राती आठ बजे पछि प्रहरीले ६ मटिर गहिराईबाट पुरुषको शरिर पानी बाहिर निकालेको थियो । कालौन्ड्रामा बिगत १८ महिना अघिदेखि बस्दै आएका ती पुरुष डिपेन्डेन्ट भिषा रहेको बताईएको छ । मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ।

यसैबीच घटनाको पुष्टी गर्दै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया क्विन्सल्याण्ड राज्य समिति संयोजक उमेश खड्काले सहयोगको लागि अवश्यक पहल भैरहेको नेप्लिज अस्ट्रेलियनलाई बताए ।

यसअघि जनावरी ४ सोमबार सिड्नीको दक्षिणमा रहेको रोयल नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवा सचेत बिमलीको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP