शनिबार , बैसाख ६, २०८२

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‌ओमिक्रोनको संक्रमण थप चारजनामा देखिएको छ। यो सहित दिल्लीमा संक्रमित हुनेको संख्या ६ पुगेकोको त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पुष्टि गरेका छन्। उनका अनुसार संक्रमितमध्ये एकजना भने डिस्चार्ज भइसकेका छन्।३५ जना संक्रमित र ३ जना शंकास्पद व्यक्ति अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्यमले जनाएकf छन्। उनीहरु त्यहाँको एलएनजेपी अस्पतालमा भर्ना भएका छन्। हालसम्म भारतमा ४५ जनामा ‌ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ।

सोमबार मात्र महाराष्ट्रमा २ र गुजरातमा १ जना गरी तीनजनामा संक्रमण देखिएको थियो।ओमिक्रोनबाट महाराष्ट्रमा २०,राजस्थानमा ९,कर्नाटमा ३,गुजरातमा ४, केरलामा १, आन्ध्र प्रदेशमा १ र दिल्लीमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा सबैभन्दा पहिला बैंगलोरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो। भारतीय मूलका दक्षिण अफ्रिकी नागरिक र एक चिकित्सकसहित दुईजनामा यसको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP