बुधबार , बैसाख ३, २०८२

सुर्खेत– खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ ।

सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा उनको अभिव्यक्ति भाइरल बनाइएको छ ।

उनले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए । तत्काल उनले गल्ती सच्याए पनि उनी अहिले ‘आलोचनाका पात्र’ बनेका छन् ।

उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP