मंगलबार , बैसाख २९, २०८३

महोत्तरीमा कोरोना संक्रमण विरुद्धको खोप अवैधानिक रुपमा बिक्री वितरण गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सरकारले निःशुल्क रुपमा दिँदै आएको उक्त भ्याक्सिन पन्ध्र हजार रुपैयाँ सम्ममा बिक्री वितरण गरेको खुलेपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजकुमार साह र कृष्णकुमार यादव रहेका छन् । पक्राउ परेका दुवै जनासँग अख्तियारको टोलीले सोधपुछ गरिरहेको छ । लामो समयदेखि पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रूपैयाँसम्ममा खोप बिक्री गर्दै आएको सूचना स्थानीय युवाहरुले अख्तियारलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP