सोमबार , अषोज २६, २०८३

जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।
यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका पाउनुहुन्छ ।

यो नियम अत्यन्तै सरल छ : कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले गजबको महसूस गर्नुहुनेछ ।

काम टार्दा त्यसले तपाईं दोषी महसूस गराइरहन्छ र तपाईं आनन्द लिन समेत पाउनुहुन्न । बाँकी रहेको काम सकिहाल्नुस् र फुर्सदको भरपूर आनन्द लिनुस् ।

घरमा जम्मा भएका फोहोर बाहिर निकालिहाल्नुस् । पछि गरौंला नि भनेर टार्नुको साटो तत्कालै फोहोर निकाल्नु ठीक हुन्छ । आखिर ढिलोचाँडो तपाईंले फोहोर फाल्नैपर्छ क्यारे, किन साइत हेरिरहने ? काम सिध्याएपछि आनन्दै आनन्द ।सजिलै सम्पन्न हुने कामलाई नसार्नुस् । सजिला काम सकिहाल्दा नियमित कामको लामो सूची छोटिन्छ । कुनै पनि काम शुरु गर्न पो गाह्रो त, सजिलो काम पहिल्यै सक्दा तपाईंलाई काम फत्ते गर्न प्रेरणा मिल्छ ।

तपाईंलाई स्वास्थ्यको माया छ भने स्वस्थ खानेकुरा खानुस् । स्याउ स्वस्थ खानेकुरा हो । यो खान दुई मिनेट पनि लाग्दैन । यसरी स्वस्थ खानेकुरा खोज्दै गर्दा यो तपाईंको राम्रो बानीका रूपमा विकास हुन्छ ।

किताब पढ्ने राम्रो बानी बसाल्नुस् । नियमित किताब पढ्नुभयो भने तपाईंलाई किताबमा रस बस्छ । दिनको एक घन्टा कम्तीमा पनि पढ्नलाई छुट्याउनुस् ।

सरल काम सिध्याउनका लागि सूची बनाइरहनु पर्दैन । सूची बनाउनुको समय तपाईं काम नै गर्नुस् न । एउटा काम सक्दा तपाईंलाई सन्तुष्टि हुन्छ र अरू काम सक्न थप प्रेरणा मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP