
कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनबाट विजयी गराउन आग्रह गरेका छन्। उनले १४औं महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भने, ‘मलाई चुनावबाट जिताउनुस्। म हारेपछि मलाई प्रधानमन्त्रीबाट पनि हटाउँछन्। सभापतिमा हारेमा मेरो नैतिकतामाथि प्रश्न उठ्छ।’
उनले आफू पार्टी सभापति भएमात्रै यो सरकार टिकिरहने बताए। ‘मैले सभापति जितेमात्र यो सरकार टिकिरहन्छ। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर हो-हल्ला गर्नेवाला छन् सबैले,’ उनले भने।
कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाका लागि भोट मागेका छन्। उनले सभापतिमा देउवालाई हराएर कुन मुखले चुनावमा जाने भन्दै देउवालाई जिताउन कार्यकर्तालाई अपील गरे।