मंगलबार , बैसाख २९, २०८३

‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे । मतहरु यताउता देखिइसकेको छ ।

कुनैपनि बेला मत पल्टने भएकाले सभापति शेरबहादुर देउवा पहिलो चरणमै चुनाव जित्ने दाउमा छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज विहानै गरेको भेटवार्ता अर्थपूर्ण छ । पौडेलसँग राजनीतिक लेनदेन गर्न खोजेको बुझिएको छ ।

देउवाले शेखर कोइराला समूहका केही नेताहरुसँग पनि सम्पर्क स्थापित गरेका छन् । प्रकाशमान सिंह डगमग नभएपछि उनको ध्यान अर्को पक्षमा गएको हो ।

पहिलो चरणमा देउवाले नजितेमा दोस्रो हुने उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । दोस्रो हुने सम्भावितमा प्रकाशमान सिंह वा शेखर कोइराला नै हुन् । सिंह दोस्रो भएमा देउवाका लागि सबैभन्दा चुनौती हुनसक्छ ।

संस्थापन इतरमा प्रभाव बनाएर छुट्टै प्यानल बनाएर चुनावी मैदानमा रहेका सिंहले पुरानो समूहको मत तान्न सक्छन् । अर्कोतर्फ, देउवा पक्षको मत तान्ने क्षमता पनि उनीसँग छ । सिंह विगतमा देउवाकै समूहमा रहेकाले उनले त्यो समूहलाई राम्ररी चिनेका छन् ।

पहिलो चरणमा बहुमत ल्याउन नसके दोस्रो चरणमा चुनाव हुँदा देउवाले तेस्रो हुनेसँग राजनीतिक लेनदेन गर्नुपर्ने हुनसक्छ । यसकारण पनि उनलाई चुनौती बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP