मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सम्भवतः सबैभन्दा ठुलो मतपेटिका प्रयोग गर्दैछ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत शनिवार मत पेटिका तयार पारिएको छ । यसअघिका विभिन्न प्रकारका निर्वाचनका क्रममा तुलनात्मक रूपमा केही साना आकारका मतपेटिका प्रयोग हुने गरे पनि काँग्रेस ५ सय लिटर क्षमताको हरियो रंगको प्लास्टिकको ट्याङ्कीलाई मतपेटिका बनाएको छ । ट्याङ्कीको बिर्कोको बिचमा प्वाल पारे मत खसाल्ने ठाउँ बनाइएको छ ।

शनिवार दिउँसो राष्ट्रिय सभा सम्मेलन केन्द्रको अगाडिको भागमा ट्याङ्कीहरू जम्मा गर्ने र बिर्कोमा मतपत्र खसाल्नका लागि प्वाल पार्ने काम चलिरहेको थियो । काँग्रेसका झन्डै ४ हजार ७ सय ४३ प्रतिनिधिले मतपेटिका बनाइएको ट्याङ्कीमा भोट खसाल्ने छन् ।

यसरी हुँदैछ काँग्रेसको निर्वाचन प्रक्रिया

काँग्रेस महाधिवेशन अन्तर्गत शनिवार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । साँझ ७ बजेसम्म मनोनयन दर्तामाथि दाबी विरोधको समय थियो भने राती ९ बजे अन्तिम निर्णयको समय राखिएको थियो ।

यस्तै राती १२ बजे वर्णानुक्रम अनुसार नामावली प्रकाशनको समय तय गरिएको र आइतबार बिहान ११ बजेसम्म मनोनयन फिर्ता लिने समय राखिएको छ । आइतबार मध्यान्न १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिवार भएको मनोनयन दर्ताका क्रममा १३४ पदका लागि ५ सय ४८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

२९ प्रकारका मतपत्र, ३ ठाउँमा मतदान स्थल

काँग्रेसको महाधिवेशन निर्वाचन समितिले आइतबार दिउसो १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मतपत्र प्रकाशन तथा निर्वाचन स्थलको व्यवस्थापनमा काम थाल्नेछ । निर्वाचनका लागि २९ प्रकारका ५ हजार मतपत्र प्रकाशन गरिने निर्वाचन समितिका सदस्य अधिवक्ता यज्ञराज पोखरेलले जानकारी दिए ।

महाधिवेशनमा मङ्सिर २७ गते बिहान ८ बजेबाट भोटिङ प्रक्रिया सुरु हुनेछ । भोट खसाल्नका लागि ३ ठाउँमा मतदान स्थल बनाउने तयारी थालिएको छ ।

निर्वाचन समितिका सदस्य पोखरेलका अनुसार राष्ट्रिय सभागृह परिसरमा १३ सय मतदाताका लागि ठाउँ छुट्टाइएको छ । यस्तै भृकुटीमण्डपको हलमा हल २१ सय मतदाताका लागि मतदान स्थल बनाइदैछ भने भृकुटीमण्डपको खुला भागमा १३ सय मतदाताका लागि मतदान केन्द्र बनाइँदै छ । कुन कुन प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिले कुन कुन मतदान केन्द्रमा गएर भोट खसाल्ने भन्नेबारे सूचना जारी हुने पोखरेलले जानकारी दिए । राष्ट्रिय सभा गृह परिसरमा मतदान गर्नका लागि गोप्य मतदान स्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP