बिहिबार , जेठ ३०, २०८२

सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो ।

धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए । श्रेष्ठका समर्थकले बग्गीखाना भरिभराउ थियो । पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजता कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजन केसीसहितका नेताहरू एकसाथ देखिएपछि माहोल झन् फरक बनेको थियो ।

प्रकाशमानको पक्षमा नारा लागिरहँदा बग्गीखाना परिसरमा कांग्रेसको झण्डासँगै नेकपा माओवादी केन्द्रको झण्डा पनि बीच–बीचमा देखिएको थियो । बग्गीखाना परिसरभित्रै रहेको यलाम्बर पार्टी प्यालेसमा माओवादी केन्द्रको प्रदेश कमिटिको सम्मेलन आयोजना गरिएकाले त्यहाँ माओवादीको पनि झण्डा देखिएको थियो । कांग्रेसका कार्यकर्ताहरू झण्डा बोकेर पार्टी प्यालेसभित्र प्रवेश गरेपछि माओवादीका नेता कार्यकर्ताहरू मुखामुख गरिरहेका र माओवादीको झण्डा देखेर कांग्रेसका कार्यकर्ता बाहिर निस्कँदै गरेको दृश्य रोचक देखिन्थ्यो । कार्यक्रममा सहभागी हुन आएका माओवादीका प्रदेश कमिटिका नेताहरू बाहिर कांग्रेसको झण्डा र ब्यानर देखेर अलमलमा परेका थिए ।

बाहिर सभापतिका उम्मेदवार प्रकाशमान सिंहले भाषण गरिरहँदा सोही परिसरभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यबाट सम्बोधन गरिरहनुभएको थियो । कार्यक्रमस्थलमा सहभागी कांग्रेस र माओवादीका कार्यकर्ताहरू भने माओवादी र सिंहको भाषण चाखपूर्ण रूपमा सुनिरहेका थिए । माओवादीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सो पार्टी प्यालेसमा प्रदेश कमिटिको सम्मेलन आयोजना गरेको थियो भने सिंहले केहीअघि मात्र साल्ट ट्रडिङको भवनलाई सम्पर्क कार्यालय बनाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु