मंगलबार , भाद्र १६, २०८३

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउने तयारी थालेको छ ।

कोभिड–१९ का कारण पछिल्ला वर्ष लाइसेन्सको आवेदन अनलाइनमा सीमित बन्न थालेपछि सरकारले अनलाइन प्रणालीलाई सुधार गरेर लैजाने तयारी अघि बढाएको हो । यातायात व्यवस्था विभाग महानिर्देशक नमराज घिमिरेले लाइसेन्सको अनलाइन प्रणालीमा सुधार गरेर व्यावहारिक बनाउन लागिएको बताएका छन् ।

अनलाइन प्रणाली आवेदनमा अरूको भरेर व्यापारकै रूपमा बढाउन थालिएपछि विभागले अब भने सेवाग्राहीले आफ्नो मात्रै भर्न पाउने र कुन कार्यालयमा कतिले आवेदन दिएका छन् भनेर हेर्न पाउने गरी सिस्टम अपग्रेड गर्ने तयारी गरिएको छ ।

अहिले अनलाइन आवेदन दिएको अवस्थामा उपत्यकामा एक वर्षपछि मात्रै ट्रायलको पालो पाउने अवस्था छ । अझ दुईपांग्रे सवारी साधनको ट्रायलका लागि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ । विभागले अब भने सेवाग्राहीले अनलाइनबाट नै आफ्नो पालो कहिले आउँछ भनेर हेर्न मिल्नेगरी व्यवस्था गर्न लागिएको छ । अनलाइन प्रणालीलाई व्यवस्थित गरिएपछि सेवाग्राहीले युजर नेम र पासवर्डसहितको अकाउन्ट बनाएपछि उक्त सुविधा पाइने विभागले जनाएको छ ।

हाल ६ लाख बढी सेवाग्राहीले अनलाइन आवेदन दिएर ट्रायल परीक्षा कुरिरहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP