मंगलबार , बैसाख २९, २०८३

लुम्बिनी जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा रोल्पा निवासी प्रगती महरा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । रुपन्देहीका छन्दवादी कवि कविराज पाैडेल प्रदेश उपाध्यक्षमा, भैरहवा निवासी कवि सुवास रिजाल र गीतकार केशव बेलवासे माहासंघको प्रदेश सदस्य निर्वाचित हुनुभएको हो । महासंघले सात जना पदाधिकारी सहित ५१ सदस्यीय नयाँ प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको छ।

यसगरी महासङ्घको रुपन्देही संयोजकमा सुवास रिजाल निर्विरोध निर्विरोध निर्वाचित भएको प्रदेश उपाध्यक्ष कविराज पौडेलले जानकारी गराउनुभयो । मगंलबार, बुटवलको तामनगरमा आयोजना गरिएको लुम्बिनी जनसांस्कृतिक महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणि खनाल बलदेवले सांस्कृतिक रुपान्तरण बिनाको राजनीति कम्यूनिष्टहरुको चरित्रमा नसुहाउने भएकोले संस्कृतिकर्मीहरुले जनयुद्धदेखि नै हालसम्म पनि राजनीतिलाई विचार र व्यवहारबाटअगाडि बढाउन प्रमुख भूमिका निर्वाह गरिरहेको र खवरदारी गर्ने कुरामा लाग्नु पर्नेमा जोड दिनुभयो। त्यसैगरी कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष सरल सहयात्रीले समाज रूपान्तरणका लागि संस्कृतिकर्मीलाई नेताको भर्याङ्ग मात्र नभई राजनीतिक सत्ताको बागडोर दिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ट प्रगतिवादी चिन्तक ईश्वरचन्द्र ज्ञवालीले विकृत संस्कृतिको विकल्पमा नयाँ जनवादी संस्कृतिलाई मनदेखि नै अभिप्रेरित गरी अघि बढाउन जोडदिनु पर्नेमा विचार राख्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, जनवादी गायक झंकार बुढामगर, गीतकार चिरन बराल, वरिष्ठ गजलकार डाक्टर घनश्याम परिश्रमी,नेता तथा पत्रकार विनोद पहाडी, प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक वसन्त घर्ती लगायतले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रम कविराज पाैडेलको संचालन र प्रगती महराको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP