सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको१४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड रूपैयाँसम्म खर्च लाग्ने नेताहरूले अनुमान गरेका छन्। तोकिएको मितिमा महाविधेशन नटुंगिए यो खर्च अझै बढ्ने केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका सदस्यले बताएका छन्।

नेपाली कांग्रेस आर्थिक समितिका सदस्य दीपक खड्काले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरिएको बताए। ‘अहिलेसम्मको हाम्रो अनुमानमा ५ देखि ६ करोड रूपैयाँ खर्च हुनेछ,’खड्काले भने,‘तर महाधिवेशनको अवधि लम्बिँदै गए त्यहीअनुसार खर्च पनि बढ्दै जानेछ।’

कांग्रेसका एक नेताका अनुसार एक दिन महाधिवेशनको तिथि लम्बियो भने ८० देखि ९० लाख रूपैयाँ खर्च बढ्छ। त्यस अनुसार एक दिनमात्रै महाधिवेशन लम्बियो भने महाधिवेशन सम्पन्न गर्न कुल खर्च ७ करोडसम्म पुग्ने ती नेताको भनाइ छ।

महाधिवेशनका लागि छुट्याइएको ५ देखि ६ करोड रूपैयाँ महाधिवेशन प्रतिनिधिका लागि भोजन,आवास, मञ्च निर्माण, प्रचारप्रसारमा खर्च लाग्ने अनुमान गरिएको छ। मञ्च व्यवस्थापनमा मात्रै ४० लाख रूपैयाँ छुट्याइएको खड्काले जनाए। यसैगरी महाधिवेशन प्रतिनिधिलाई भोजन तथा आवासका लागि ३ करोड ५० लाख रूपैयाँदेखि ४ करोडसम्म खर्च लाग्ने अनुमान गरिएको छ।

आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक सुरेन्द्र पाण्डेले महाविधेशनको मिति लम्बिए आवास तथा भोजनमै ४ करोडभन्दा बढी खर्च लाग्ने बताए। आवास तथा भोजनको व्यवस्था गर्न पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरिएको छ।

आर्थिक समितिका सदस्यले महाधिवेशनका लागि खर्चको जोहो भइसकेको जनाएका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसको खातामा १० करोड रूपैयाँ मौज्दात रहेको जनाइएको छ।

यता नेपाली कांग्रेसको १४औं महाधिवशेनमा सहभागी प्रतिनिधिले छाकैपिच्छे दुई थरी मासु खान पाउने भएका छन्। महाधिवेशन प्रतिनिधिलाई शुक्रबारदेखि मंसिर २७ गतेसम्म बिहान लन्च,बेलुका डिनर,बिहान खाजा,दिउँसो चिया बिस्कुट खुवाउने व्यवस्था मिलाइएको छ। प्रत्येक महाधिवेशन प्रतिनिधिलाई होटलमा एउटा बेडको व्यवस्था मिलाइएको छ।

महाधिवेशन प्रतिनिधिका लागि भोजन तथा आवासमा कुनै समस्या आएमा तत्काल समस्या समाधान गर्ने गरी ठमेल, सुन्धारा तथा गौशालामा ३ वटा छुट्टाछुट्टै फोकल टिम गठन गरिएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP