आइतबार , बैसाख ७, २०८२

बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ ।

मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप शाखाका प्रमुख सागर दाहालले भने, “विद्यालयमै खो प केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुने छ ।”

सरकारले आगामी पुस ४ देखि १४ गते सम्म विद्यालयमै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । उनले यसअघि फाइजर खोप दिइएका २४ अस्पतालमा पनि मोडर्ना खोप दिइने बताए ।

बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार छ सय मात्रा र गत शुक्रबार एक लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आएको थियो । हालसम्म आएको खोपसहित आइतबार सम्ममा ३७ लाख मात्रा मोडर्ना खोप आउने निश्चित भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP