मंगलबार , बैसाख २९, २०८३

सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीले छुट्टाछुट्टै नारासहितका प्रचार सामग्रीसहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

विभिन्न पदका उम्मेदवारहरूको प्रचारशैली तथा नारा आ–आफ्नै किसिमका रहेका छन् । जसरी पनि नेतृत्वमा पुग्ने उनीहरूको चाहना र समर्थकको प्रचार गर्ने होडबाजी रहेको देखिन्छ ।

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप आसपास क्षेत्र आकांक्षीका प्रचारप्रसार सामग्रीले भरिएको छ । सामाजिक सञ्जालमा समेत उनीहरूले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएका कारण नेतृत्वको दाबी गर्ने नेताले नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रूपान्तरण’ रहेको बताए । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः अध्यक्षमा दोहोरिन खोजेका छन् । संस्थापन समूहमै रहेका उपाध्यक्ष विमलेन्द्र निधिसमेत सभापतिको दौडमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुन खोजेका छन् ।

देउवा, निधि, पौडेललगायतका उम्मेदवार समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । अध्यक्षका यी उम्मेदवारको समूहभित्र भने नेताहरूले विभिन्न पदमा दाबी गर्दै छुट्टाछुट्टै नारा तयार गरी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका देउवाको नारा ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एकपटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

उनलाई चुनौती दिने तयारीमा रहेका रामचन्द्र पौडेलको नाममै गीत नै सार्वजनिक गरिएको छ । विमलराज क्षत्री र टीकाकुमारी क्षत्रीले ‘छैन नि जाल झेल, असल छवि, असल नेता रामचन्द्र पौडेल’ भन्दै गीत गाएका छन् । पौडेल र उनीनिकट रहेका नेताहरूले उनको छविलाई जोड दिएका छन् ।

सभापति दाबी गर्दै आएका अर्को नेता निधिले ‘हिमाल, पहाड र तराई मधेस, सबैको देश, सबैको कांग्रेस’ नारासहित प्रचारप्रसार अभियानमा होमिएका छन् । निधिले सभापतिका लागि मत माग्नुका साथै नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा जोड गरिरहेका छन् ।

सभापतिमा दाबी गर्दै आएका शेखर कोइरालाले ‘एकपटक, यसैपटक’ नाराअघि सारेका छन् । पौडेल समूहका अर्का नेता प्रकाशमान सिंहले ‘सबैको अस्तित्वः सबैखाले पहिचान’को नारा बनाएका छन् । राजधानी दैनिकबाट

कोइराला र सिंहले सर्वसम्मत आफ्नो समूहबाट पौडेललाई उम्मेदवार मान्न तयार छैनन् । पटकपटकको छलफल तथा बैठकमा कोइराला र सिंहले आफूहरूले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसारमा जुटेका छन् । सभापतिमा उम्मेदवार घोषणा गरेका युवा नेता कल्याण गुरुङले ‘परिवर्तन, न्याय र समानता’को नारा अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP