बुधबार , जेठ ८, २०८२

आगामी नयाँ वर्षदेखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने भएको छ । ‘दी गेम अवार्ड्स २०२१’ को अवसरमा बिहीबार साँझ आगामी जनबरी १२ देखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने जानकारी गराइएको हो ।

पब्जी ब्याटलग्राउण्ड नि:शुल्क खेल्न पाइने भएपछि शुल्क तिर्नेको लागि ब्याटलग्राउण्ड प्लस नामको नयाँ प्रिमियम खाता सार्वजनिक हुनेछ । ब्याटलग्राउण्ड प्लस खाताले खेलाडीहरूलाई अतिरिक्त आम्दानी गर्न सघाउनुका साथै कस्टम म्याच र अन्य बोनसको सुविधा दिनेछ । खाता अपग्रेड गर्न एक पटक १२.९९ अमेरिकी डलर शुल्क लाग्नेछ।

पब्जी ब्याटलग्राउण्ड् नि:शुल्क हुनुअघि नै शुल्क तिरेर खेलिरहेका खेलाडीले भने एक विशेष प्याकेज पाउनेछन् जसमा नि:शुल्क ब्याटलग्राउण्ड प्लस खाता अपग्रेड र अन्य सुविधा समावेश हुनेछ । पब्जीको यो नि:शुल्क भर्सन प्ले स्टेसन ४, प्ले स्टेसन ५, विन्डोज पिसी (स्टिम मार्फत ), एक्स बक्स वान, र एक्स बक्स सिरिज एक्समा उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP