
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको बन्द सत्र आज शुक्रवारदेखि नै सुरु हुने भएको छ ।
काठमाण्डाैकाे भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि सुरु गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताउनुभयो ।
बन्द सत्र भृकुटीमण्डपमा रहेकाे प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।