मंगलबार , बैसाख २३, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे ।

ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ । केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो । सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि ।

सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP