आइतबार , जेठ १९, २०८२

मुम्बई – भारतमा कोरोना भाइरसका कारण बन्द रहेका फिल्म हलहरु इजाजत पाएर पनि खुल्न सकेका छैनन् । कोरोना महामारीका कारण भारत सरकारले हल खोल्न इजाजत दिए पनि ८० प्रतिशत हल अझै बन्द छन् ।

दर्शकले खुलेका केही हलमा पनि पुराना फिल्म हेरिरहेका छन् ।

ठूला फिल्म निर्माताहरु अझै पनि हलमा रिलिज गर्ने तयारीमा छैनन् । बरु ठूला मेकरले अहिले ओटीटीमा रिलिज गर्न चाहेका छन् ।

हालै अक्षय कुमारले आफ्नो फिल्म ‘लक्ष्मी’ ओटीटीमार्फत रिलिज गरेका थिए ।

अब सलमान खानले पनि आफ्नो आगामी फिल्म ‘राधे’ ओटीटीमा रिलिज गर्ने मनशाय बनाएका छन् । सलमान खानले यो फिल्मलाई ओटीटीमा देखाउन चाहनेले २ सय करोड भारु दिनुपर्ने प्रस्ताव राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

खबरका अनुसार यो फिल्म रिलिजबारे एक ठूलो ओटीटी प्लेटफर्मसँग कुरा भइरहेको छ । तर, पैसामा कुरा मिलिरहेको छैन । सलमान खानले २ सय करोड भारु भनेका छन् भने ओटीटी कम्पनीले उनलाई १ सय ६० करोडसम्म दिन तयार भएका छन् ।

यदि सलमान खानको फिल्म ओटीटीमा रिलिज गरियो भने फिल्म हलवालाई झट्का लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP