मंगलबार , भाद्र १६, २०८३

सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो। मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी (मिसनका लागि आवश्यक बन्दोबस्तीका समान)मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो।

प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट (एफपीयू) भनिन्छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो। तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि। नेपाल प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँबर यसको समयअवधि नै सकिएकाले बन्द भएको बताउँछन्। तर, पूर्वअतिक्ति प्रहरी महानिरीक्षक (एआईजी) रमेश खरेल भ्रष्टाचारकै कारण एफपीयू मिसन बन्द भएको दाबी गर्छन्।

एक महिनाअघि मात्रै सुडानबाट ८२ जना फर्किएपछि नेपालको टोली मिसनमा छैन। सुडानमा रहेका १८० जनाको टोली दुई पटक गरेर फर्किएको छ। हाइटी मिसन दुई वर्ष अघिदेखि नै बन्द छ। एक वर्षअघि यहाँका सबै प्रहरी फिर्ता आएका छन्। प्रहरी प्रवक्ता कुँवरले हाइटी र सुडान दुवै देशमा शान्ति मिसन बन्द भएकाले सुरक्षाकर्मी फर्किसकेको बताए। प्रहरी फर्किए तर, ती देशमा शान्ति स्थापना भइसकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP