सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण सिंगो देशले दुःख पाएको बताएका छन् ।

१४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु परेको बताएका हुन् ।

‘नेपाल कम्युनिस्ट, त्यो पार्टीको नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताका कारणले गर्दा सिंगो नेपाल, खास गरेर एउटा पुस्ताले नै करिब-करिब त्यसको सजाय भोग्नु परेको छ ।’

उनले नचाहँदा नचाहँदै आफ्नो पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्नुपर्ने अवस्था आएको पनि बताए ।

उनले भने ‘हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिस्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवाधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।’

उनले अहिले आफ्नो पार्टीको प्रदेशमा पनि सरकार भएको तर आफूहरूको यस्तो चाहना नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP