सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्तालले न्यायालयको सुधार नगर्ने बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्ति केन्द्रित आन्दोलनले न्यायालयको सुधार नगर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतमा भइरहेको विवाद न्यायाधीशहरुको गुटको झगडा भएको बताए ।

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको बताए । उनले मुलुक कोभिड महामारीमा भएका बेला स्वास्थ्य मन्त्री राख्न पाउँदैन भनेर सर्वोच्चले आदेश दिएको भन्दै ज्ञवालीले एमाले पार्टी न्ययालयबाट पीडित पार्टी भएको बताए ।

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छदम्युद्ध लडेको पनि ज्ञवालीले बताए । ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद अधिवेशन अहिलेकै अवस्थामा चल्न नसक्ने बताए । उनले आफूहरुले अहिलेको अवस्थामा पुरानो मान्यतालाई परिवर्तन नगरेकाले बैठक चल्न नदिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP