सोमबार , जेठ २७, २०८२

नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्तालले न्यायालयको सुधार नगर्ने बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्ति केन्द्रित आन्दोलनले न्यायालयको सुधार नगर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतमा भइरहेको विवाद न्यायाधीशहरुको गुटको झगडा भएको बताए ।

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको बताए । उनले मुलुक कोभिड महामारीमा भएका बेला स्वास्थ्य मन्त्री राख्न पाउँदैन भनेर सर्वोच्चले आदेश दिएको भन्दै ज्ञवालीले एमाले पार्टी न्ययालयबाट पीडित पार्टी भएको बताए ।

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छदम्युद्ध लडेको पनि ज्ञवालीले बताए । ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद अधिवेशन अहिलेकै अवस्थामा चल्न नसक्ने बताए । उनले आफूहरुले अहिलेको अवस्थामा पुरानो मान्यतालाई परिवर्तन नगरेकाले बैठक चल्न नदिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु