शनिबार , भाद्र १३, २०८३

‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।

उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ । वायुसेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । दुर्घटनाका प्रत्यक्षदर्शी कृष्णास्वामी ६८ वर्षका हुन् । जहाँ दुर्घटना भयो, उनी त्यो स्थान नजिकै बस्छन् । उनले पुरा घटनाबारे जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीले के देखे ?

उनले भने, ‘म घरका लागि एउटा काठ लिन गएको थिएँ । घरमा पानी थिएन किनभने पाइप भाँच्चिएको थियो । चन्द्रकुमार र म यसको मर्मत गरिरहेका थियौं । त्यतिबेला हामीले ठूलो आवाज सुन्यौं ।’

‘बिस्फोटले बिजुलीको पोलसमेत हल्लिएको थियो । रुख उखेलिए । के भयो भनेर हेर्दा धुँवा आइरहेको थियो । यसले पूरा इलाका ढाकेको थियो । रुखको माथितिर आगोको लप्का देखिएको थियो । मैले आफ्नो आँखाले एकजना व्यक्तिमात्रै देखेँ । उनी जलिरहेका थिए, त्यसपछि उनी तल खसे । म आत्तिएँ । म दौडदैं फिर्ता भएँ, छिमेकीलाई दमकल र प्रहरी बोलाउन भनेँ । केही समयपछि अधिकारी पनि आए । त्यसपछि मैले शवलाई लगेको देखिनँ । म आत्तिएको थिएँ । घर आए र पल्टिएँ ।’

अन्तिम यात्राः

जनरल रावत र उनकी श्रीमतीसमेत १४ जना भारतीय वायु सेनाको एमआई–१७ भी५ हेलिकोप्टरमा सवार थिए । यो हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो ।

यो हेलिकोप्टर सुलुरको आर्मी बेसबाट निस्किएको थियो र जनरल रावतलाई लिएर वेलिङ्टन सैन्य क्याम्पतर्फ अघि बढिरहेको थियो ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP