मंगलबार , बैसाख २३, २०८२

नेपाली काँग्रेसको नेतृत्वका लागि २७ मंसिरमा निर्वाचन हुने भएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत सार्वजनिक भएको छ ।काँग्रेसले २४ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेछ । २५ मंसिरको विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता, सोही दिन साँझ ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ, ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गर्ने तय गरेको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन देवनागरिक वर्णानुक्रम अनुसा २५ मंसिरको बेलुका ९ देखि १२ बजेसम्म तय गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ मंसिरको दिउँसो सवा १२ बजे तोकिएको छ ।

मतदान २७ मंसिरको विहान ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटी मण्डपमा तय गरिएको छ ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमै गरिने उल्लेख छ । तर, दोस्रो चरणको मतदान गर्नुपर्ने भएमा लगत्तै गर्ने जनाइएको छ ।

सभापतिबाहेक अन्य पदाधिकारीको मतगणना निर्वाचन समितिले तोकेको केठामा र केन्द्रीय सदस्यहरुको पार्टी कार्यालय सानेपामा गरिने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP