सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको नेतृत्वका लागि २७ मंसिरमा निर्वाचन हुने भएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत सार्वजनिक भएको छ ।काँग्रेसले २४ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेछ । २५ मंसिरको विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता, सोही दिन साँझ ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ, ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गर्ने तय गरेको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन देवनागरिक वर्णानुक्रम अनुसा २५ मंसिरको बेलुका ९ देखि १२ बजेसम्म तय गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ मंसिरको दिउँसो सवा १२ बजे तोकिएको छ ।

मतदान २७ मंसिरको विहान ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटी मण्डपमा तय गरिएको छ ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमै गरिने उल्लेख छ । तर, दोस्रो चरणको मतदान गर्नुपर्ने भएमा लगत्तै गर्ने जनाइएको छ ।

सभापतिबाहेक अन्य पदाधिकारीको मतगणना निर्वाचन समितिले तोकेको केठामा र केन्द्रीय सदस्यहरुको पार्टी कार्यालय सानेपामा गरिने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP