मंगलबार , बैसाख २९, २०८३

सैनिक हेलिकोप्टर दुर्घटनामा परी जिवितै उद्धार गरिएपनि भारतका रक्षा प्रमुख जनरल विपिन रावतको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार दिउँसो रावत चढेको होलिकोप्टर तामिल नाडुको कुनरमा दुर्घटना भएको थियो । पहाडमा खसेको हेलिकोप्टरमा आगो लागेको थियो । तत्काल उद्धार गरी तीन जनालाई जिवितै अस्पताल लगिएपनि एकजना बाहेक सबैको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा रावत पनि परे ।

१४ जना सवार हेलिकोप्टरमा भारतका रक्षा प्रमुख रावत सहित परिवारका सदस्य र उच्च सैनिक अधिकारीहरु पनि सवार थिए । हेलिकोप्टरमा रक्षा प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल थिए । उनीहरु सबैको मृत्यु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP