बुधबार , जेठ ८, २०८२

एलन मस्कको स्टार्टअप कम्पनी न्युरोलिंकले आउँदो वर्ष अर्थात् सन् २०२२ मा मानव दिमागमा न्युरोलिंक ब्रेन चिप प्रत्यारोपण गर्ने भएको छ । हालै एक पोडकास्ट शोमा बोल्दै मस्कले यो परिक्षण पूर्णरुपमा सफल हुने ठोकुवा गरेका छन् ।

यसअघि अप्रिल महिनामा बाँदरको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । उक्त परीक्षणमा सफल भएको कम्पनीले आउँदो वर्ष मानव मष्तिस्कमा समेत परीक्षण गरिने भएको हो ।

यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । यदि यो सफल भएको खण्डमा विशेषगरी पक्षघात भएका मानिसको शरीरलाई नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ ।

त्यतिमात्रै नभएर मानिसको शरीर कम्प्युटरको सहायताले चल्ने हुँदा सामान्य मानिसको तुलनमा धेरै गुणा बढी सक्रिय हुनसक्ने आँकलन गरिएको छ ।

एलन मस्कले सन् २०१६ मा न्युरोलिङ्क कम्पनीको स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ । जो रोगनको पोडकास्ट शोमा बोल्दै मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP