सोमबार , अषोज २६, २०८३

एलन मस्कको स्टार्टअप कम्पनी न्युरोलिंकले आउँदो वर्ष अर्थात् सन् २०२२ मा मानव दिमागमा न्युरोलिंक ब्रेन चिप प्रत्यारोपण गर्ने भएको छ । हालै एक पोडकास्ट शोमा बोल्दै मस्कले यो परिक्षण पूर्णरुपमा सफल हुने ठोकुवा गरेका छन् ।

यसअघि अप्रिल महिनामा बाँदरको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । उक्त परीक्षणमा सफल भएको कम्पनीले आउँदो वर्ष मानव मष्तिस्कमा समेत परीक्षण गरिने भएको हो ।

यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । यदि यो सफल भएको खण्डमा विशेषगरी पक्षघात भएका मानिसको शरीरलाई नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ ।

त्यतिमात्रै नभएर मानिसको शरीर कम्प्युटरको सहायताले चल्ने हुँदा सामान्य मानिसको तुलनमा धेरै गुणा बढी सक्रिय हुनसक्ने आँकलन गरिएको छ ।

एलन मस्कले सन् २०१६ मा न्युरोलिङ्क कम्पनीको स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ । जो रोगनको पोडकास्ट शोमा बोल्दै मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP