मंगलबार , बैसाख २९, २०८३

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, जिवित रहेका एकजना को हुन् अझै खुलाइएको छैन ।

भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । उनको उद्धार गरी अस्पताल लगिएको उल्लेख थियो । तर, अवस्थाबारे केही बताइएको छैन । भारतका रक्षामन्त्री राजनाथ सिंह रावतको घर पुगेका छन् ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ । अरु यात्रुबारे खुलाइएको छैन ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा आज दिउँसो दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP