सोमबार , जेठ ६, २०८२

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, जिवित रहेका एकजना को हुन् अझै खुलाइएको छैन ।

भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । उनको उद्धार गरी अस्पताल लगिएको उल्लेख थियो । तर, अवस्थाबारे केही बताइएको छैन । भारतका रक्षामन्त्री राजनाथ सिंह रावतको घर पुगेका छन् ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ । अरु यात्रुबारे खुलाइएको छैन ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा आज दिउँसो दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP