मंगलबार , बैसाख २९, २०८३

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘परिवारबाट नै विचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्रशमशेर जबराबाट । यो चोलेन्द्रशमशेर जबराको विचौलिया पनलाई रोक्नका लागि विचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन् । तर उनी विचौलिया रोक्नका लागि तयार छैनन् । भ्रष्टाचार रोक्नका लागि तयार छैनन् । विसंगति रोक्नका लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानून र नैतिकताको आधारमा उनलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेका छौँ । हामीले जसलाई भेट्यौँ उहाँहरुले चोलेन्द्रशमशेरलाई निकाल्नुपर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए । उनले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताए ।

वरिष्ठ अधिवक्ता उप्रेतीले भने, ‘मलाई लाग्छ संसारको कुनै पनि देशको मुद्दाको पेशी पनि तोक्न नपाउने, मुद्दा हेर्न पनि नपाउने अरु सहयात्री न्यायाधीशहरुसँग बस्न पनि नपाउने, फैसला गर्न पनि नपाउने भएर बस्ने पनि दुनियाँमा प्रधानन्यायाधीश हुन्छ । यो प्रधानन्यायाधीश एउटा मूर्ति बसेको खालको मात्रै हो । न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्छ । जसले प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेको छैन । जसको पृष्ठभूमि यति विवादास्पद भइसकेको छ, सम्पूर्ण विचार बोक्ने, सम्पूर्ण आस्था भएका कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एशोसिएसनले आज यति लामो आन्दोलन गरिरहेको छ ।’

उप्रेतीले भने, ‘विश्वको कुनै पनि प्रधानन्यायाधीशले यस्तो कुरा बोक्नुपरेको छैन । यस्ता प्रधानन्यायाधीशलाई सरकारले गाडीको सुविधा किन दिइरहेको छ ? त्यो सुविधा खोस्नुपर्यो । सवारी सुविधा किन दिइरहेको छ, सेक्युरिटी किन दिइरहेको छ ? के का लागि चाहियो सेक्युरिटी ? सरकारलाई म भन्न चाहन्छु, आजकै मितिबाट तुरुन्तै सवारी साधन खोसियोस्, सुरक्षाकर्मी पनि खोसिउन्, उनलाई अब सुरक्षाकर्मी र सवारी साधन दिनुपर्ने आवश्यक्ता छैन । उनले प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्न सक्दैनन् भने त्यस्ता मान्छेले त्यो सुविधा उपभोग गरेर बस्नुपर्ने अवस्था छैन ।’

वरिष्ट अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP