मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको छ । संगठनात्मक प्रतिवेदन लेखनको जिम्मा महामन्त्री पूर्णबहादुर खड्कासहित सहमहामन्त्री प्रकाशशरण महत र नेता रमेश लेखकले पाएका थिए ।

तीनै जना नेताहरु बागबजारस्थित एक होटलमा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन लागि परेका हुन् । उक्त प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले वितेको साँढे ५ वर्षमा गरेका कामकारवाही लगायतका विषय समेटिएको बुझिएको छ । त्यसैगरी नेतृत्व छान्ने महाधिवेशनपछि नीति महाधिवेशन गर्ने जनाएको काँग्रेसले संगठनात्मक प्रतिवेदनमा नीति महाधिवेशन कस्तो हुने भन्ने समेत खुलाएको बुझिएको छ ।

महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस गर्नेछन् । यस्तै यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू पेस गरिनेछ ।

नेतृत्व छनोटका लागि मात्र हुन लागेको काँग्रेसको १४ औं महाधिवेशनमा विचार, नीति तथा कार्यक्रममाथि बहस हुने छैन । काँग्रेसले महाधिवेशनमा नीति तथा कार्यक्रम पनि पेस गर्ने छैन । काँग्रेसले १४ औं महाधिवेशनपछि मात्र नीति महाधिवेशन अलग्गै गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP