मंगलबार , बैसाख २३, २०८२

नेपाली काँग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवालाई नेतृत्वमा चुनौती दिने कोही अगाडि सरेनन् । सभापतिको दाबी गरेका उपसभापति विमलेन्द्र निधिले टिम छाडिसकेका छन् । अब देउवा नै नेतृत्वको एकमात्र दाबेदारका रुपमा संस्थापन पक्षमा देखिएका छन् ।देउवाले आज बुढानिलकण्ठमा आफू पक्षधरलाई डाकेर महाधिवेशनको आन्तरिक तयारीबारे छलफल गरे । सबैले सर्वसम्मत देउवालाई जिताउने गरी लागेको सुनाए । धेरैले बहुमत नै आफ्नो पक्षमा आइसकेको सुनाए । तर, इतर समूहको तयारी हेरेर कडा रुपमा जानुपर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

देउवाले टिम मिलाएर लानेबारे पनि छलफल गरेको बुझिएको छ । उनले आकांक्षीहरुबारे पनि चासो राखेका थिए ।

देउवालाई भेटेर धेरैले पदाधिकारीको दाबी गरिरहेका छन् । उपसभापतिमा गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काको दाबी छ । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्नुपर्ने चुनौती देउवालाई छ । सिटौलाको साथ लिन उनलाई उपसभापति दिनुपर्ने हुनसक्छ । सिटौला समूहबाट महामन्त्रीमा प्रदीप पौडेललाई व्यवस्थापन गनुपर्ने चुनौती छ ।

देउवा समूहमा महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य एनपी साउदका अलावा प्रवक्ता विश्वप्रकाश शर्मा पनि दाबेदार छन् ।

सहमहामन्त्रीमा दर्जन जति आकांक्षी छन् । धेरै आकांक्षी भएपछि देउवालाई नयाँ चुनौती थपिएको छ । टिम व्यवस्थापन गर्न नसक्ने गुट परिवर्तन हुनसक्ने भय पनि देउवालाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP