शनिबार , जेठ २५, २०८२

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको उल्लेख छ ।

अस्पताल लगिएकामध्ये भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि छन् । उनको अवस्थाबारे अझै प्रष्ट पारिएको छैन ।

मृतकहरुबारे पनि खुलाइएको छैन । ७ को मृत्यु र ३ को उपचार भइरहेको भनिएपनि बाँकी ४ बारे अझै प्रष्ट भएको छैन ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा आज दिउँसो दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP