शनिबार , जेठ २५, २०८२

नेपालमा ‘परनिर्भरता’ बढ्दै गएको छ । नेपालीले आफ्नो उत्पादन बेच्ने भन्दा ४७ गुणा बढी भारतबाट सामान ल्याउने गरेको पाइएको छ ।नेपालगन्ज भन्सारको तथ्यांकलाई हेर्दा नेपालबाट एक रुपियाँको सामान भारत जान्छ भने उताबाट ४७ रुपियाँको सामान भित्रिरहेको छ । नेपालगन्ज भन्सारको चार महिनाको तथ्यांकले देखाएको रिपोर्ट हो यो ।

जनशक्ति बिदेसिनु, उद्योग करकाखाना प्रशस्त नहुनु, उत्पादनमा जोड नदिनुजस्ता कारणले नेपालमा दिन प्रतिदिन परनिर्भरता बढिरहेको छ । आफ्नो करेसाबारी बाँझो राखेर भारतबाट तरकारी ल्याएर खाने प्रवृत्तिले परनिर्भरता बढाइरहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले साउनदेखि कात्तिमसम्ममा नेपालबाट ६३ करोडको सामान निर्यात हुँदा भारतबाट ३० अर्बको सामान आयात भएको जानकारी दिनुभयो ।नेपालगन्ज नाकाबाट तेल, जडीबुटी र कत्था भारत जाने गर्दछ । भारतबाट नेपालमा हरियो तरकारीदेखि कोइलासम्म भित्रिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यो चार महिनामा ५ अर्ब १४ करोडको इन्धन आयात भएको छ । इन्धनबाट २ अर्ब ७७ करोड राजस्व असुली भएको छ । ४ अर्ब ६१ करोडको चामल, दाल, गहुँ, मकै, चिनी भित्रिएको छ । यसबाट १ अर्ब २८ करोड राजस्व जम्मा भएको छ ।

यो अवधिमा औद्योगिक कच्चा पदार्थ मात्रै १७ अर्बको भित्रिएको छ । हरियो तरकारी ६० करोड बराबरको भित्रिएको छ । यो भन्दा बढी भन्सार नतिरेर नेपालगन्जसम्म तरकारी आउने गर्दछ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP