सोमबार , अषोज २६, २०८३

नेपालमा ‘परनिर्भरता’ बढ्दै गएको छ । नेपालीले आफ्नो उत्पादन बेच्ने भन्दा ४७ गुणा बढी भारतबाट सामान ल्याउने गरेको पाइएको छ ।नेपालगन्ज भन्सारको तथ्यांकलाई हेर्दा नेपालबाट एक रुपियाँको सामान भारत जान्छ भने उताबाट ४७ रुपियाँको सामान भित्रिरहेको छ । नेपालगन्ज भन्सारको चार महिनाको तथ्यांकले देखाएको रिपोर्ट हो यो ।

जनशक्ति बिदेसिनु, उद्योग करकाखाना प्रशस्त नहुनु, उत्पादनमा जोड नदिनुजस्ता कारणले नेपालमा दिन प्रतिदिन परनिर्भरता बढिरहेको छ । आफ्नो करेसाबारी बाँझो राखेर भारतबाट तरकारी ल्याएर खाने प्रवृत्तिले परनिर्भरता बढाइरहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले साउनदेखि कात्तिमसम्ममा नेपालबाट ६३ करोडको सामान निर्यात हुँदा भारतबाट ३० अर्बको सामान आयात भएको जानकारी दिनुभयो ।नेपालगन्ज नाकाबाट तेल, जडीबुटी र कत्था भारत जाने गर्दछ । भारतबाट नेपालमा हरियो तरकारीदेखि कोइलासम्म भित्रिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यो चार महिनामा ५ अर्ब १४ करोडको इन्धन आयात भएको छ । इन्धनबाट २ अर्ब ७७ करोड राजस्व असुली भएको छ । ४ अर्ब ६१ करोडको चामल, दाल, गहुँ, मकै, चिनी भित्रिएको छ । यसबाट १ अर्ब २८ करोड राजस्व जम्मा भएको छ ।

यो अवधिमा औद्योगिक कच्चा पदार्थ मात्रै १७ अर्बको भित्रिएको छ । हरियो तरकारी ६० करोड बराबरको भित्रिएको छ । यो भन्दा बढी भन्सार नतिरेर नेपालगन्जसम्म तरकारी आउने गर्दछ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP