सोमबार , अषोज २६, २०८३

दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको आज मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका एक सदस्यले बताए ।

सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थियो । सुटिङका क्रममा विजय र केकेले नेपाली फ्यानसँग फोटो समेत खिचाएका छन् । सर्वसाधारणले उनीहरूसँग खिचाएको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । सिरिज छायाङ्कनका लागि नेपाल आएका विजय सेतुपाथी र केके मनन भोलि भारत फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP