सोमबार , अषोज २६, २०८३

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीच ९ डिसेम्बरमा विवाह हुँदैछ। राजस्थानमा उनीहरुको विवाह ‘रोयल’ शैलीमा हुँदैछ। त्यसका लागि यी जोडी महिना दिनअघि देखि तयारी थालेका थिए।बलिउड हंगामाका अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन्। उनका पाहुनाहरु पनि राजस्थान पुग्ने क्रम जारी छ।

यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका सलमान खान जाने नजाने चर्चा लिरहेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ।

सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेका भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ। कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। कट्रिना र सलमान खानको परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले कट्रिनाको यस्तो चाहना रहेको बताइन्छ।

सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ। तर उनीहरुबीचको प्रेम भने सफल हु्न सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP