मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेताहरु चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बैठक बसिरहँदा गणेशमान सिंहको तस्बिर प्रष्ट देखिन्थ्यो । सिंह उनै हुन् जसले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहबाट प्रधानमन्त्री बन्न प्रस्ताव आउँदा त्यागेका थिए । उनले काँग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन राजा वीरेन्द्रसामु आग्रह गरेका थिए ।

सिंहको शालिक सामु उभिएर काँग्रेस संस्थापन इतरका नेताहरुले बैठक बस्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू त्यागका लागि तयार भएको बताए । उनले प्रकाशमान सिंह, डा. सशांक कोइराला र डा. शेखर कोइरालाको नाम लिएरै त्यागको विषय उठाए । तीनजनामध्येबाट एकलाई साझा उम्मेदवार छान्न या आफूलाई साथ दिन आग्रह गरे ।

पौडेलले त्याग गर्ने स्पष्ट भने । महामन्त्री सशांक कोइरालाले पनि त्यागको संकेत गरेको बुझिएको छ । तर, प्रकाशमान सिंह र शेखर कोइराला टसमस भएका छैनन् ।
सिंह आफूले १३औं महाधिवेशनमा सभापति र महामन्त्री दुवै पद त्यागेको स्मरण गराए । जहिले पनि आफूले मात्र त्याग गर्ने ? भन्दै यसपटक आफूलाई साथ दिन आग्रह गरे ।

शेखर कोइरालाले आफ्नो जित्ने आधारबारे तर्क राखे । उनले शक्तिको बाँडफाँड गरेर जाने प्रस्ताव राखे ।

काँग्रेस इतर समूहको पछिल्ला बैठकहरुबाट रामचन्द्र पौडेल र सशांक कोइराला त्याग गर्ने अवस्थामा पुगेको बुझिएको छ । अब प्रकाशमान र शेखरमध्ये एकले त्याग गरे कुरा मिल्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP