मंगलबार , बैसाख २३, २०८२

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् ।

सुनसरीको इटहरीमा प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको बताए ।

पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठोकुवा गरे ।

मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP