सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए ।‘म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?’ उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए ।

‘न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?’ उनले आक्रोश पोखे ।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP