सोमबार , भाद्र १५, २०८३

कांग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा सभापति सहित केन्द्रिय कार्य समितिको निर्वाचनको लागि २६ गते उमेद्वारी दर्ता छ । शीर्ष नेताहरु भने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल गर्न थालेका छन् ।
अघिवेशन नजिकिए संगै पुन नेतृत्व लिने रणनीतिमा लागेका सभापति शेरवहादुर देउवा आफ्नो नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्य सहितको प्यानल निर्माणको गृहकार्यमा छन भने संस्थापनइतर पक्ष भनिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति नै को बन्ने भन्ने विषय टुङ्गाउन केन्द्रित छन् ।

संस्थापन पक्षबाट सभापति शेरवहादुर देउवाले पुनः नेतृत्व दाबी गरेकाछन् भने संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइरालाले नेतृत्व दावी गरेका छन् । यस अघि नेतृत्व दावी गरिरहेका महामन्त्री डा शशांक कोइरालाले पछिल्लो समय डा शेखरलाई समर्थन गर्ने संकेत गरेका छन् ।

यस अघि देउवा पक्षमा बलियो खम्बाको रुपमा उभिएका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको उमेद्वारी घोषणा गरिसकेपनि प्यानल बनाउन सकेका छैनन् । सभापतिको दाबी गर्दै आएका अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष पछिल्लो समय देउवा संग गठबन्धन गरि सभापति बाहेक अनय पद बढी भन्दा बढी हत्याउने रणनीतिमा छन् । तल्लो तहको अधिवेशन प्रारम्भ भए संगै १४औं अधिवेशनमा आफ्नो पक्षबाट सभापतिको लागि एकमात्र साझा उमेद्वार दिने बताउदै आएका पौडेल पक्षका नेताहरुले सोमबार पनि नेतृत्वको बारेमा छलफल गरेका छन् ।

पौडेलको सचिवालयले जनाए अनुसार छलफलमा पौडेलका साथै सभापतिका आकाक्षि डा शेखर कोइराला, डा शशाक कोइराला, प्रकासमान सिंह लगाएत शीर्ष नेताहरुको सहभागिता थियो । आइतवार नै सभापति देउवाले भने सिटौला पक्षसंग छलफल गरेका छन् । सिटौला पक्षले सभापतिमा देउवालाई सघाउने भएपछि पदाधिकारी र केन्द्रिय सदस्य बढी भन्दा बढी संख्यामा माग गरिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP