शनिबार , भाद्र १३, २०८३

फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको अत्याधुनिक सुविधासम्पन्न चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ ।

मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो। अर्जेन्टिनी कप्तान मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए।

७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ। होटलमा पाँच वटा जुनियर सुइट र एउटा सुइटरूमसहित ७७ वटा कोठा छन्। यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ।

द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।सात पटकका बालेन डी ओर विजेता मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको बेला थाहा नभएको प्रतिक्रिया दिएका छन्। अन्य विषयमा उनले केही प्रतिक्रिया दिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP