मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।मञ्च व्यवस्थापन समितिका सदस्य डा प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पु(याइसकेको बताए । मञ्च सुरक्षा घेरबारका सामग्री पनि थुपार्न थालिएको छ । त्यस्तै, कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम सुरु हुँदै छ । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूूरा भइसक्नेछन् ।

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ ।

त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । कांग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
महाधिवेशन व्यवस्थापनका लागि कांग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् ।

महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना नै बनाएको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सञ्चारकर्मीको सुविधाका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने भएको छ । मञ्चनजिक विभिन्न मिडियाका क्यामेरा पर्सनबाहेक अन्यको प्रवेशमा रोक लगाइएको छ ।

अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टरमा बसेर टीभी डिस्प्लेबाट सूचना तथा समाचार सङ्कलनको व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिको आवास सुविधाका लागि सुन्धारा, ठमेल, गोङ्गबु नयाँ बसपार्क र सिनामङ्गललगायत क्षेत्रका होटलमा छुट्ट्याइएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदाता नामावली २४ गते १० बजे पार्टी कार्यालय सानेपामा प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन २५ गते १०–५ बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध दर्ता २६ गते बिहान ८–१० बजेसम्मलाई तोकिएको छ ।
सोउपर निर्णय दिउँसो १०–१२ बजेसम्म, उम्मेदवारको वर्णानुक्रम नामावली प्रकाशन सोही दिन १२–३ बजेसम्म, मनोनयन फिर्ता लिने समय साँझ तीन÷चार बजेको बीचमा, उम्मेदवारको अन्तिम नामावली प्रकाशित २६ गते साँभm पाँच बजे र मतदान २७ गते बिहान आठ बजेबाट सुरु हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP